राप्ती प्रेस मञ्चका सचिव शाहीलाई पितृ शोक



राप्ती प्रेस मञ्चका सचिव शाहीलाई पितृ शोक

भालुवाङ ८ जेठ । राप्ती प्रेस मञ्चका सचिव बलराम शाही ( भिसुन) लाई पितृ शोक परेको छ ।

राप्ती गाउँपालिका १ भालुवाङ निवासी राप्ती अनलाइनका सञ्चालक समेत रहेका शाहीका पुजनीय पिता भिमबहादुर शाही ठकुरीको शनिबार ७० बर्षकाे उमेरमा शनिबार आफ्नै निवास भालुवाङमा निधन भएको छ ।

लामाे समय देखि क्यान्सर राेगबाट पिडित थिए । मृतक भालुवाङमा ठकुरी बाबू शाबका नामले परिचित रहेका थिए । भालुवाङमा उनले शिक्षा, वन, वातावरण लगायतका क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुराएको इतिहास रहेकाे छ ।

साथै खड्केश्वरी तथा शिवालय धार्मिक तथा पर्यटकीय मन्दिर निर्माणमा उनकाे उल्लेखनीय याेगदान रहेकाे छ । उनका ३ छाेरा बुहारी, नानातिना छन । उनकाे निधनले भालुवाङले एक सच्चा, ईमानदार समाजसेवी गुमाएकाे छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे