बेरोजगारी समस्या समाधानका लागि रोजगार बैंक स्थापना हुन्छ : अध्यक्ष विष्ट



बेरोजगारी समस्या समाधानका लागि रोजगार बैंक स्थापना हुन्छ : अध्यक्ष विष्ट

भालुवाङ ७ जेठ । राप्ती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश विष्टले राप्ती गाउँपालिकामा रोजगार बैंक स्थापना गर्ने बताएका छन् ।

शनिबार राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाले भालुवाङमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरूकाे स्वागत तथा बधाई कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

अहिले राप्ती गाउँपालिकामा बेरोजगारीको समस्या छ । त्यो समस्या समाधानका लागि रोजगार बैंक आवश्यक छ त्यो काम मेरै पालामा गर्ने छु उनले भने ।

यस्तै अध्यक्ष विष्टले लामो समय देखि जग्गा रोक्का रहदा जनतालाई धेरै अप्ठ्यारो भएकाले जग्गा फुकुवा गर्न आफुले मुख्यमन्त्री सँग कुरा गरेको बताउँदै मुख्यमन्त्रीबाट छिट्टै जग्गा फुकुवा गर्ने आश्वासन पाएको पनि बताए ।

उक्त कार्यक्रममा अतिथिको आसन बाट बोल्दै उपाध्यक्ष कमलापती चौधरीले आफुहरु काम गर्न आएको बताउदै गफ भन्दा काम गरेर देखाउने बताए । साथै उनले राप्ती गाउँपालिकालाई देशकै नमुना गाउँपालिका बनाउने आफ्नो उदेश्यलाई सबैले सहयोग गर्न आग्रह पनि गरेका छन् ।

साथै अध्यक्ष विष्टले राप्ती गाउँपालिका क्षेत्रमा क्रियाशिल पत्रकारहरूको क्षमता विकास तालिम र मिडियाको विकासका लागि आफू प्रतिवद्व रहेको पनि बताएका छन् ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका निवर्तमान अध्यक्ष नुमानन्द सुवेदी, गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष कमलापती चाैधरी, नेकपा एमालेका राप्ती गाउँपालिका कमिटीका सचिव भरतमणी न्यौपाने, नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीका उपाध्यक्ष नारायण शर्मा, राष्ट्रिय जनमोर्चाका राप्ती गाउँपालिका कमिटी अध्यक्ष केशवराज खनाल, जनता समाजवादी पार्टीका राप्ती गाउँपालिका अध्यक्ष रणप्रसाद सुवेदी, नेकपा एकिकृत समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य मुकुन्दराज रोका, राप्ती प्रेस मञ्चका प्रमुख संरक्षक महेश रिजाल, राप्ती उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बावुराम थापा, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख सुजनविक्रम शाह लगायतले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गरेका थिए ।

मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन मञ्चका उपाध्यक्ष बासुदेव न्याैपानेले गरेका थिए भने कार्यक्रमको संचालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे