देशभर ५३५ पालिकाको मत परिणाम सार्वजनिक : कुन दलले कति पालिका जिते ?



देशभर ५३५ पालिकाको मत परिणाम सार्वजनिक : कुन दलले कति पालिका जिते ?

काठमाण्डाै ५ जेठ । पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ५३५ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १ सय ५५ वटा नगरपालिका र ३ सय ८० वटा गाउँपालिका गरी ५ सय ३५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।

कांग्रेस :
अहिलेसम्म नेपाली कांग्रेस २ सय ४२ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ८१ नगरपालिकाको मेयर र एक सय ६१ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ ।

यस्तै कांग्रेसले ६१ वटा नगरपालिकाको उपमेयर र एक सय ६६ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले उपमयेर र उपाध्यक्ष गरी २ सय २७ पालिका जितेको हो । कांग्रेसले २ हजार १ सय ९२ वटा वडाध्यक्ष पद जितेको छ ।

एमाले :
एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ४६ वटा नगरपालिकाको मेयर र १ सय ३ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ४९ वटा पालिकाको प्रमुख पद जितेको छ ।

यस्तै एमालेले ५७ वटा नगरपालिकाको उपमेयर, १ सय १ वटा गाउँपालिकाको उपाध्यक्ष गरी उपमेयर तथा उपाध्यक्ष १ सय ५८ वटा जितेको छ । एमालेले एक हजार ७ सय १५ वटा वडाध्यक्ष जितेको छ ।

माओवादी :
नेकपा माओवादी केन्द्रले १६ वटा नगरपालिकाको मेयर र ८६ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय २ वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले २४ वटा नगरपालिकाको उपमेयर, ८४ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय ८ वटा उपमेयर/उपाध्यक्ष जितेको छ । माओवादीले अहिलेसम्म ९ सय १९ वटा वडाध्यक्ष पद जितेको छ ।

नेकपा ( एकीकृत समाजवादी) :
नेकपा एकीकृत समाजवादीले ४ वटा नगरपालिकाको मेयर जितेको छ । जनता समाजवादी पार्टीले १३ वटामा र अन्यले २५ वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका छन् । त्यस्तै उपमेयर तथा उपाध्यक्षमा एकीकृत समाजवादीले ६, जनता समाजवादी पार्टीले ११ र अन्यले २५ वटा पालिकामा जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे