दाङमा नौ पालिकाको मत गणना सकियो, काँग्रेसले ५, माओवादीले ३ र एमालेले एक पालिकामा निकाले जित



दाङमा नौ पालिकाको मत गणना सकियो, काँग्रेसले ५, माओवादीले ३ र एमालेले एक पालिकामा निकाले जित

दाङ ५ जेठ । दाङमा रहेका १० पालिका मध्ये ९ पालिकाको अन्तिम मत परिणाम आइसकेको छ । आज विहान २ बजे घोराहीको मत गणना सकिएसँगै जिल्लाका ९ पालिकाको अन्तिम मत परिणाम आएको हो ।

जसमा नेकपा एमालेले घोराहीको नेतृत्व सम्हाल्ने अवसर पाउँदा अन्य पालिकाको भने गुमाउन पुगेको छ । घोराहीमा गठबन्धनकाबीच पनि एमालेका नरुलाल चौधरी प्रमुखमा र हुमा डिसी उपप्रमुखमा विजयी भएका छन् ।

एमालेले घोराही बाहेक अन्य पालिकामा भने जित निकाल्न सकेन । अघिल्लो ०७४ को निर्वाचमा जितेको पालिकासमेत एमालेले गुमाएको छ । बबई, दंगीशरण, लमही र गढवा गाउँपालिकाको नेतृत्व अघिल्लो निर्वाचनमा जितेको एमालेले यी पालिकामा नेतृत्व गुमाएको हो ।

अघिल्लो निर्वाचनमा दाङमा दुई पालिका जितेको काँग्रेस र एक पालिका जतेको माओवादीले भने यस निर्वाचनमा आफ्नो सिट बढाएका छन् । काँग्रेसले बबई, शान्तिनगर, दंगीशरण, लमही, राजपुर गरी ५ पालिकाको नेतृत्व सम्हाल्ने अवसर पाएको छ ।

माओवादीले बंगलाचुलीसँगै गढवा र राप्ती गाउँपलिकाको नेतृत्व सम्हाल्ने अवसर भएको छ । अघिल्लो ०७४ को निर्वाचनमा काँग्रेसले पश्चिम दाङमा आफ्नो गढ गुमाएको थियो । यस निर्वाचनमा बबई र दंगीशरण जित्दै त्यसलाई पुन फिर्ता गर्न सफल भएको छ । तुलसीपुरमा भने हाल मतगणना जारी रहेको छ । यहाँ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे