लमही नगरपालिकामा कांग्रेसका जोगराज चाैधरी अध्यक्ष र लक्ष्मी योगी उपाध्यक्ष पदमा विजयी



लमही नगरपालिकामा कांग्रेसका जोगराज चाैधरी अध्यक्ष र लक्ष्मी योगी उपाध्यक्ष पदमा विजयी

लमही ४ जेठ । लमही नगरपालिकामा अत्यधिक बहुमतका साथ कांग्रेस विजयी भएको छ । ९ वडामध्ये ८ वडा कांग्रेसले जितेको छ । वडा नम्बर ५ मात्रै माओवादी केन्द्रले जितेको छ । २०७४ मा मेयर जितेको एमाले यसपटक शून्य भएको छ ।

मेयरमा कांग्रेसका जोगराज चौधरी ९ हजार ३ सय १७ मतका साथ विजयी भएका छन् । चौधरी २०७४ मा एमालेका कुलबहादुर केसीसँग पराजित भएका थिए ।
निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका बसन्तराज शर्माले ७ हजार २ सय ८५ मत प्राप्त गरेका छन् । एमालेका दण्डीराम चौधरीले ५ हजार ५ सय ३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा कांग्रेसकी लक्ष्मी योगी ८ हजार ७ सय ३७ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रकी गंगा पाण्डेले ५ हजार ८ सय ४८ र एमालेकी सुशिला शर्माले ५ हजार ३ सय १२ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे