राप्ती गाउँपालिकालाई ५ वर्ष भित्र देशकै नमुना पालिका बनाउँछु : नवनिर्वाचित अध्यक्ष विष्ट



राप्ती गाउँपालिकालाई ५ वर्ष भित्र देशकै नमुना पालिका बनाउँछु : नवनिर्वाचित अध्यक्ष विष्ट

भालुवाङ ४ जेठ । राप्ती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश विष्टले ५ वर्ष भित्र राप्ती गाउँपालिकालाई देशकै नमुना पालिका बनाउने बताएका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन पछि मंगलबार भएको अन्तिम मतगणनामा पालिका अध्यक्षमा फराकिलो मतान्तरले विजय भएपछि निकालिएको विजय उत्सवलाई सिसहनियाँमा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

नवनिर्वाचित अध्यक्ष विष्टले आफू कुनै स्वार्थ र राजनीति गर्न नभई यस क्षेत्रको समग्र विकासका लागि मलाई मेरो पार्टी नेकपा माओवादी केन्द्रले टिकट दिएर ५ वर्षका लागि नमुना काम गर्न पठाएको छ ।

त्यही जिम्मेवारी र मैले बोकेको संकल्प पूरा गर्न निर्वाचनमा होमिएको हु । मलाई जनताले मैले नसोचेकै मत दिएर विजय गराएका छन् ।

त्यो जनताको ऋण तिर्न मैले यस पालिकामा शिक्षा, स्वास्थ्य, कृषि, यातायात, पुर्वधार, खानेपानी, युवा स्वरोजगार, महिला, बालबालिका, जेष्ठ नागरिक, गरिव, विपन्न, असहाय अशक्त, अपांगता भएका नागरिक, सम्पूर्ण जातजातिको हक अधिकारलाई पूरा गर्न महत्त्वपूर्ण काम गर्ने उनले बताए । मेरो कार्यकालमा म पुरै समय कार्यालयमा नबिताई जनताको सेवाका लागि वडा तथा टोलमा पुगेर जनताको सेवा गर्ने छु विष्टले भने ।

अध्यक्ष विष्टले यस अघि पालिकाबाट पाउने सेवा सुविधा नलिने तर त्यही रकम अनाथ गरिवका लागि खर्चिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे