दाङको बंगलाचुलीमा मतगणना सकियो,गठबन्धनका उमेदवार विजयी



दाङको बंगलाचुलीमा मतगणना सकियो,गठबन्धनका उमेदवार विजयी

दाङ २ जेठ । दाङको बंगलाचुली गाउँपालिकामा गठबन्धनका उमेदवार विजयी भएका छन् । आज विहान सकिएको मतगणना अनुसार गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सुवास पुनले ५७४९ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीले जानकारी दिएका छन् । उनका अनुसार निकटतम प्रतिष्प्रर्धी एमालेका उमेदवार भेषराज खत्रीले ३६७५ मत प्राप्त गरेका हुन् ।

पुन र खत्री बिचको २०७४ मतान्तर रहेको छ ।पुन नेकपा माओवादी केन्द्र दाङका संयोजक समेत हुन् । यस्तैगरी उपाध्यक्षमा गठबन्धनका उमेदवार नेपाली काँग्रेसका भक्तबहादुर जिसी निर्वाचित भएका छन् । उनले ५९४५ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिष्प्रर्धी एमालेका उमेदवार सरस्वती घर्तिले ३२६५ मत प्राप्त गरेकाे उनले जानकारी दिए । जिसी र घर्तिको २६८० मतान्तर रहेको छ । साथै वडामा पनि गठबन्धनका उमेदवारहरु विजयी भएका छन् । गाउँपालिकामा गत जेठ ३० गते भएको निर्वाचनमा १० हजार ७३३ मत खसेको थियो ।

माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षमा निर्वाचित
१. वडा नम्वर ३ मा शोभराज बिस्वकर्मा
२. वडा नम्वर ५मा लिलेश मगर
३. वडा नम्वर ७ मा गिरबहादुर थापा
४. वडा नम्वर ८ मा झबिन्द्र गाहा मगर
नेपाली कांग्रेस
१. वडा नम्वर १ मा विष्णु कवर
२. वडा नम्वर २ मा मैते पुन
३. वडा नम्वर ४ मा डास बहादुर डागी
४. वडा नम्वर ६ डोम बहादुर केसी

उक्त गाउँपालिकामा २०७४ सालको स्थानिय तहको निर्वाचनमा पनि नेकपा माओवादी केन्द्रले विजयी हासील गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे