राप्तीको वडा नम्बर १ मा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार खड्का सहित पुरै प्यानल विजय



राप्तीको वडा नम्बर १ मा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार खड्का सहित पुरै प्यानल विजय
भालुवाङ २ जेठ । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार गेमे खड्का सहित पुरै प्यानल विजयी भएकाे छ।
एमालेका वडा अध्यक्ष पदका उम्मेदवार खड्काले ९२५ मत प्राप्त गरि वडा अध्यक्ष पदमा बिजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका ठाकुरप्रसाद आचार्यले ७७० मत प्राप्त गरेका छन् । १५५ मत अन्तरले खड्का विजय भएका छन् । भने नेपाली कांग्रेसका श्यामलाल पोख्रेलले ६८५ मत प्राप्त गरेका छन् ।
त्यसै गरि नेकपा एमालेबाट महिला सदस्य पार्वती सुवेदीले १०२८, दलित महिला सदस्य रञ्जना सुनामले ९७५ , आत्मराम पाैडेलले ८६८ र चुमानसिंह खत्री क्षेत्रीले ८१९ मत प्राप्त गरि विजय भएका छन् । खसेको कुल २,८२६ मत मध्ये ८० मत बदर र २७४६ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे