गढवा ७ मा कांग्रेसका राहुलदेव चौधरी निर्वाचित



गढवा ७ मा कांग्रेसका राहुलदेव चौधरी निर्वाचित

गढवा २ जेठ । गढवा गाउँपालिका वडा नंं। ७ मा नेपाली कांग्रेसका उम्मेदवार राहुलदेव चौधरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । आइतवार विहान सम्पन्न मत परिणाम अनुसार चौधरीले ९ सय ९१ मत प्राप्त गर्दै दोश्रो पटक वडा अध्यक्षमा बिजयी भएका हुन ।

चौधरी २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका पुरणप्रसाद चौधरीले ५ सय ३ मत ल्याएका थिए । वडा सदस्यमा कांग्रेसबाट महेन्द्रप्रसाद चौधरी, मायाराम चौधरी, महिला सदस्यमा रेखा थापा र दलित महिला सदस्यमा कमला नेपाली बिजयी भएका हुन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे