राप्तीको वडा नम्बर २ मा माओवादीका वडा अध्यक्ष पदका उम्मेदवार चाैधरी सहित पुरै प्यानल विजय



राप्तीको वडा नम्बर २ मा माओवादीका वडा अध्यक्ष पदका उम्मेदवार चाैधरी सहित पुरै प्यानल विजय
भालुवाङ २ जेठ । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेदवार पहलवान चाैधरी ( अनुप ) सहित पुरै प्यानल विजयी भएकाे छ।
माओवादीका वडा अध्यक्ष पदका उम्मेदवार चाैधरीले १ हजार ६ मत प्राप्त गरि वडा अध्यक्ष पदमा बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हिमानन्द पाण्डेले ८५८ मत प्राप्त गरेका छन् ।
१४८ मत अन्तरले चाैधरी विजय भएका छन् । भने नेपाली कांग्रेसका युवराज भुसालले ६४२ मत प्राप्त गरेका छन् । त्यसै गरि नेकपा माओवादी केन्द्रबाट महिला सदस्य पिमा गाहा मगरले १०३५, दलित महिला सदस्य तुलसा सार्कीले १०४४, खुल्ला सदस्य टेकबहादुर रावतले ९८५ र मन बहादुर पुनले १०१६ मत प्राप्त गरि विजय भएका छन् ।
खसेको कुल २,९०९ मत मध्ये १०३ मत बदर र २८०६ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे