राप्तीमा एमालेले खाता खोल्यो, वडा नम्बर ८ मा चन्द्रबहादुर गुरूङ विजय



राप्तीमा एमालेले खाता खोल्यो, वडा नम्बर ८ मा चन्द्रबहादुर गुरूङ विजय

भालुवाङ १ जेठ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८  मा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार चन्द्रबहादुर गुरूङ  विजयी भएका छन् ।

एमालेका वडा अध्यक्ष पदका उम्मेदवार गुरूङले ९५० मत प्राप्त गरि वडा अध्यक्ष पदमा बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रभाकरदेव चाैधरीले ८१६ मत प्राप्त गरेका छन् । १३४ मत अन्तरले गुरूङ विजय भएका हुन् । भने नेकपा नेकपा माओवादी केन्द्रका रामचन्द्र चाैधरीले २०६ मत प्राप्त गरेका छन् ।

त्यसै गरि नेकपा एमालेबाट महिला सदस्य चम्फा पुनले ८९७, दलित महिला सदस्यमा भानु विकले ८६८ , कांग्रेसबाट खुल्ला सदस्य  सुन्दरबहादुर शाहीले ७९७ मत प्राप्त गरि विजय भएका छन् ।

खसेको कुल २,५५३ मत मध्ये ९८ मत बदर र २,४५५ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे