दाङमा १२ वडाको नतिजा सार्वजनिक, कांग्रेस ४,एमाले र माओवादी ४-४ वडामा जित



दाङमा १२ वडाको नतिजा सार्वजनिक, कांग्रेस ४,एमाले र माओवादी ४-४ वडामा जित

दाङ १ जेठ । दाङमा दश पालिका मध्ये ९ पालिकामा जारी मतगणनाको मतपरिणाम आउने क्रम सुरु भएको छ ।

जिल्लाको घोराही, लमही, राजपुर, राप्ती, गढवा, दंगीशरण, बबई र शान्तिनगर गाउँपालिकाको विभिन्न वडा तहको मतगणना भईरहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिकामा भने वडा नम्वर १७ को निर्वाचन सकिएपछि मात्रै मतगणना सुरु हुने भएको छ । अहिले सम्म विभिन्न पालिका दश वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

यो समाचार तयार पार्दा सम्म प्राप्त नतिजा विवरण अनुसार कांग्रेसले चार वटा वडा र एमाले तथा माओवादी केन्द्र ४-४ वडामा विजयी हासील गरेको प्रदेश निर्वाचन अधिकारी नारायण प्रसाद भण्डारीले जानकारी दिएका छन् ।

नेकपा एमालेले बबई गाउँपालिका १, गढवा गाउँपालिका ८, दंगीशरण गाउँपालिका वडा नम्वर २ मा वडा अध्यक्ष र राजपुरको १ नम्बर वडा सहित प्यानल जितेको छ ।

यस्तैगरी गठबन्धनका तर्फबाट कांग्रेसले दंगीशरण गाउँपालिका वडा नम्वर १, बबई गाउँपालिका २, बंगलाचुली गाउँपालिका वडा न. १ र वडा नम्वर २ मा वडा अध्यक्ष सहित पुरै प्यानल जितेको छ भने माओवादी केन्द्रले राप्ती गाउँपालिका वडा नम्वर ९, शान्तिनगर गाउँपालिका १ र राजपुर गाउपालिका ६ नम्बर वडा र राजुरको ७ नम्बर वडाको प्यानल सहित विजयी हासील गरेको निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए ।


कसले कहाँ जिते
एमाले
१. बबई १ वडा अध्यक्षमा प्रेमबहादुर डाँगीको प्यानल विजयी
२.गढवा ८ वडा अध्यक्षमा खालिक सिद्धिकीको प्यानल विजयी
३. दंगिशरण २ वडा अध्यक्षमा डम्बर खत्रीको प्यानल विजयी
कांग्रेस
१.दंगीशरण १ वडा अध्यक्षमा रमेश भण्डारीको प्यानल विजयी
२.बंगलाचुली १ अध्यक्षमा बिष्णु कुंवरको प्यानल विजयी
३. बङगलाचुली २ अध्यक्षमा मैते पुनको प्यानल बिजयी
४.बबई २ अध्यक्ष सहित प्यानल विजयी
माओवादी केन्द्र
१.राप्ती ९ अध्यक्षमा रिम बहादुर सुनारी मगरको प्यानल विजयी
२.शान्तिनगर १ अध्यक्षमा जंग बहादुर पुनको प्यानल विजयी
३.राजपुर ६ अध्यक्ष सहित पुरै प्यानल विजयी

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे