राप्ती गाउँपालिकामा मतगणना सुरू, ९ नम्बर वडाबाट गणना गरिदै



राप्ती गाउँपालिकामा मतगणना सुरू, ९ नम्बर वडाबाट गणना गरिदै

भालुवाङ ३१ वैशाख । दाङको राप्ती गाउँपालिकामा गएराती देखि मतगणना सुरु भएको छ । सहायक निर्वाचन अधिकृत शोभाराम रिजालले राप्ती गाउँपालिकाको वडा नम्बर ९ बाट मतगणना सुरु भएको जानकारी दिएका छन् ।

राप्ती गाउँपालिकामा ९ वटा वडा रहेको छ । राति १२:३० बजे देखि मतगणना सुरु भएको र यो समाचार तयार पार्दा सम्म ५० मत गणना गरिएको र १०० मत गणना गरिएपछि नतिजा प्रकाशन गरिने सहायक निर्वाचन अधिकृत रिजालले बताए । 

राप्तीमा कुल ३२ हजार २ सय २३ मतदाता मध्ये कुल २३ हजार ४ सय ५८ मत खसेको छ । जसमा वडा नम्बर ९ मा ९७७ मतदाता मध्ये ७१४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

६ हजार ४ सय ९६ जना मतदाता रहेका छन् । कुल चार हजार ६७ मत खसेको छ ।  

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे