राप्तीमा माओवादीले खाता खोल्यो, वडा नम्बर ९ मा सुनारीको पुरै प्यानल विजय



राप्तीमा माओवादीले खाता खोल्यो, वडा नम्बर ९ मा सुनारीको पुरै प्यानल विजय

दाङ ३१ वैशाख । दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेदवार रिमबहादुर सुनारी मगरको पुरै प्यानल बिजयी भएकाे छ ।

माओवादी केन्द्रका उम्मेदवार रिमबहादुर सुनारी मगरले ३७६ मत प्राप्त गरि वडा अध्यक्ष पदमा बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले २२६ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका बालाराम बुढा मगरले ६८ मत प्राप्त गरेका छन् ।

त्यसै गरि नेकपा एमालेका पालिका अध्यक्ष पदका उम्मेदवार जगत प्रसाद पोख्रेलले ७६ मत, नेपाली कांग्रेसका जगदम्बा कुमारी चाैधरीले १९८ मत, नेकपा माओवादी केन्द्रका प्रकाश विष्टले ३५८ मत, जनता समाजवादी पार्टीका टोपबहादुर कार्कीले १ मत, मंगोल नेशनल अर्गनाइजेसनका शोभाराम बुढाले ० स्वतन्त्र उम्मेदवार बुद्विप्रकाश चाैधरीले १६ र स्वतन्त्र उम्मेदवार रमेश चाैधरीले ० मत प्राप्त गरेका छन् ।

त्यसै गरि उपाध्यक्ष पदमा नेकपा एमालेकी पालिका उपाध्यक्ष पदकी उम्मेदवार कमलापती चाैधरीले ६८ मत,
नेपाली कांग्रेसका हरि प्रसाद भुसालले २२२ मत, राष्ट्रिय जनमोर्चाका केशवराज खनालले २५० मत, नेकपा एकीकृत समाजवादीका मुकुन्दराज रोका ० मत र मंगोल नेशनल अर्गनाइजेसनका हिरा थापा मगरले ० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यो वडामा कुल ९७७ मतदाता मध्ये कुल ७१४ मत खसेको थियो । भने २३ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे