राप्ती गाउँपालिकामा ७२.८० प्रतिशत मत खस्यो



राप्ती गाउँपालिकामा ७२.८० प्रतिशत मत खस्यो

भालुवाङ ३० वैशाख । स्थानिय तह सदस्य निर्वाचनका लागि राप्ती गाउँपालिमा ७२.८० प्रतिशत मत खसेको छ । राप्ती गाउँपालिका निर्वाचन अधिकृतक‍ो कार्यालयका अनुसार साढे बेलुका ६ बजे सम्मको समयमा उक्त मत खसेको हो ।

कुल ३२ हजार २ सय २३ मतदाता मध्ये कुल २३ हजार ४ सय ५८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जसमा वडा नम्बर १ को भालुवाङ मतदान केन्द्रमा ४,१८५ मतदाता मध्ये २ हजार ८ सय २६ मत, वडा नम्बर २ लालमटिया मतदान केन्द्रमा ३,९४३ मतदाता मध्ये २,९११ मत, वडा नम्बर ३ को सिरिचाैर मसुरीया मतदान केन्द्रमा २,८५५ मतदाता मध्ये २,०७८ मत, सोही वडाको बसन्तापुर मतदान केन्द्रमा १,४६२ मतदाता मध्ये १,०६० मत खसेको छ ।

त्यसै गरि वडा नम्बर ४ को माैरीघाट मतदान केन्द्रमा ४,३५९ मतदाता मध्ये ३,१४६ मत, वडा नम्बर ५ को सिसहनियाँ मतदान केन्द्रमा ३,८९० मतदाता मध्ये २९१८ मत, वडा नम्बर ६ को पत्थरगढवा मतदान केन्द्रमा ३,६५४ मतदाता मध्ये २७०८ मत, वडा नम्बर ७ को छोट्की सिसहनियाँ मतदान केन्द्रमा ३,४८६ मतदाता मध्ये २५५२ मत, वडा नम्बर ८ को पिपरी मतदान केन्द्रमा ३,५१२ मतदाता मध्ये
२५५३ मत र वडा नम्बर ९ को रूपाकोट मतदान केन्द्रमा ९७७ मतदाता मध्ये ७१४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे