देउखुरीकाे राप्तीमा १०४ बर्षिय बृद्धाद्वारा मतदान



देउखुरीकाे राप्तीमा १०४ बर्षिय बृद्धाद्वारा मतदान

भालुवाङ ३० बैशाख। स्थानीय निर्वाचन २०७९ मा राप्ती गाउँपालिकामा एक सय चार वर्षकी बृद्ध महिलाले मतदान गर्नु भएकाे छ ।

राप्ती गाउँपालिका वडा नं ३ मसुरीया निवासी एक सय चार वर्षकी कमला शर्माले मतदान गर्नु भएकाे हाे । उहाँले नवज्योति आधारभुत विद्यालय श्रीचाैर मतदान केन्द्र बाट मतदान गर्नु भएकाे छ ।

७० वर्षका छाेराे गाेबिन्द शर्माकाे सहयाेगमा उहाँले मतदान गर्नु भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे