दाङमा शान्तिपूर्ण तथा उत्साहजनक तरिकाले मतदान हुँदै



दाङमा शान्तिपूर्ण तथा उत्साहजनक तरिकाले मतदान हुँदै

भालुवाङ ३० वैशाख । दाङमा पालिका जनप्रतिनिधि छान्नका लागि मतदान सुरु भएको छ । बिहान ७ बजे देखि सुरु भएको मतदान बेलुका ५ बजे सम्म चल्नेछ । सबै मतदान केन्द्रमा बिहानै देखि मतदाताको उत्साहजनक घुइँचो लागेको छ ।

आ-आफ्नो पार्टीका जनप्रतिनिधीलाई जिताउनको लागि मतदाताहरुको बिहानै देखि मतदान गर्न लाइनमा बसेका छन् । राप्ती गाउँपालिका वडा नम्बर १ को स्वर्गद्वारी प्राथमिक तथा गृहणी महिला आधारभुत विद्यालय भालुवाङमा पहिलो मत नेकपा एकीकृत समाजवादीबाट राप्ती गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दिएका मुकुन्दराज रोका, एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका जगतप्रसाद पोख्रेल, अध्यक्ष नुमानन्द सुवेदी लगायतले मतदान गरेका छन् ।

त्यसै गरि वडा नम्बर २ को आदर्श नमुना मावि लालमटिया मतदान केन्द्रमा नेपाली कांग्रेसबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हरिप्रसाद भुसाल, मंगोल नेशनल अग्रनाइजेसनबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका शोभाराम बुढा, वडा नम्बर ४ को मावि माैरीघाट मतदान केन्द्रमा स्वतन्त्रबाट उम्मेदवारी दिएका बुद्विप्रकाश चाैधरी, वडा नम्बर ८ को शंकर मावि पिपरी मतदान केन्द्रमा स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेश चाैधरी र वडा नम्बर ५ को सर्वोदय मावि सिसहनियाँ मतदान केन्द्रमा नेपाली कांग्रेसबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका जगदम्बाकुमारी चाैधरीले मतदान गरेका छन् ।

मतदाताहरु निकै उत्साहका साथ मतदान सहभागी भएका छन् । जिल्लामा दश पालिका र एक सय वटा वडा मध्य ९९ वटा वडामा निर्वाचन हुन लागेको छ ।

जिल्लामा १५३ मतदान स्थल र ४६१ मतदान केन्द्रबाट ४ लाख ९ हजार ९०२ मतदाताले मतदान गर्दैछन् । जसमध्य दुई लाख ८०१ जना पुरुष र दुई लाख ९ हजार ९९ जना महिला र अन्य दुई जनाले मतदान गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे