राप्ती गाउँपालिकामा निर्वाचनको सम्पुर्ण तयारी पुरा, १० वटा मतदान केन्द्रमा निर्वाचन हुँदै



राप्ती गाउँपालिकामा निर्वाचनको सम्पुर्ण तयारी पुरा, १० वटा मतदान केन्द्रमा निर्वाचन हुँदै

भालुवाङ २९ बैशाख । दाङको राप्ती गाउँपालिकामा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । गाउँपालिकाको १० वटा मतदान केन्द्रमा बैशाख ३० गते विहान ७ बजे देखि बेलुका ५ बजे सम्म  निर्वाचन हुँदैछ ।

निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरु मतदान केन्द्रमा पुगिसकेको छ । मतदान केन्द्रमा पुगेका प्रतिनिधिहरुले मतदानका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पुरा गरेका छन् । मतदान स्थललाई व्यवस्थित गर्नका लागि डोरी लगाउने, तारवार गर्ने जस्ता काम पनि पुरा भएको छ । गाउँपालिकामा रहेका ९ वटा वडाका मतदान केन्द्रमा तयारी गरिएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्री सहित पुगेका कर्मचारीले मतदानस्थल निर्माण छन् ।

राप्ती गाउँपालिकाको वडा नम्बर १ को स्वर्गद्वारी प्राथमिक तथा गृहणी महिला आधारभुत विद्यालय भालुवाङ मतदान केन्द्रमा ४ वटा बुथ रहेको छ भने ४,१८५ मतदाता रहेका छन् । वडा नम्बर २ को आदर्श नमुना मावि लालमटियामा ४ बुथ रहेको छ भने ३,९४३ मतदाता रहेका छन् । त्यसै गरी वडा नम्बर ३ को नवज्योती आधारभुत विद्यालय सिरिचौर मसुरीयामा ३ वटा बुथ रहेको छ भने २८५५ मतदाता रहेका छन् ।

त्यस्तै वडा नम्बर ३ कै विपी आधारभुत विद्यालय बसन्तपुरमा २ वटा बुथ रहेको छ भने १४६२ मतदाता रहेका छन् । त्यसै गरी वडा नम्बर ४ को मावि मौरीघाटमा ५ वटा बुथ रहेको छ भने ४३५९ मतदाता रहेका छन् । वडा नम्बर ५ को सर्वोदय मावि सिसहनियाँमा ४ वटा बुथ रहेको छ भने ३८९० मतदाता रहेका छन् । वडा नम्बर ६ को ज्ञानोदय मावि पत्थरगढवामा ४ वटा बुथ रहेको छ भने ३६५४ मतदाता रहेका छन् ।

वडा नम्बर ७ को सरस्वती आधारभुत विद्यालय छोट्की सिसहनियाँमा ४ वटा बुथ रहेको छ भने ३४८६ मतदाता रहेका छन् । वडा नम्बर ८ को शंकर मावि पिपरीमा ४ वटा बुथ रहेको छ भने ३५१२ मतदाता रहेका छन् । भने वडा नम्बर ९ को माध्यमिक विद्यालय मौरीघाटमा १ वटा बुथ रहेको छ भने ९७७ जना मतदाता रहेका छन् ।

निर्वाचनको सुरक्षाका लागि तीन तहको सुरक्षा व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालय राप्तीले जानकारी दिएको छ । निर्वाचनको पहिलो घेरामा नेपाल प्रहरीको नेतृत्वमा म्यादी प्रहरीको सुरक्षा परिचालन रहनेछ । यस्तै सशस्त्र र नेपाली सेनाले दोस्रो र तेस्रो घेराको सुरक्षा दिने छन् । अहिले सम्म सवै वडा सुरक्षित रहेकाे राप्ती गाउँपालिका निर्वाचन अधिकृत हेमराज अर्यालले जानका

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे