तुलसीपुरमा मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीकाे घर आँगनमा नक्कली बम फेला



तुलसीपुरमा मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीकाे घर आँगनमा नक्कली बम फेला

तुलसीपुर २९ बैशाख । तुलसीपुरमा उम्मेदवारको घरमा भेटिएको भनिएको बम नक्कली भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार गेहेन्द्र गिरीको घरको आगनमा पेट्रोल बम भेटिएको हल्ला भईरहेका बेला प्रहरीले नक्कली भएको बताएको छ ।

आगनमा भेटिएका बतोलभित्र भिजाएको टाला, भुस जस्तो बस्तु देखिएको र त्यो नक्कली बम भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । गलत हल्ला फैलाउन कसैले फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे