निर्वाचनका दिन दाङमा सार्वजनिक सवारी संचालनमा रोक



निर्वाचनका दिन दाङमा सार्वजनिक सवारी संचालनमा रोक

 दाङ २९ वैशाख । जिल्ला प्रशासन कार्यालय दाङले बिहीबार राती १२ बजेदेखि शुक्रबार बेलुका ६ सम्म अनुमती प्राप्त र अत्यावश्यक बाहेकका सवारी साधनलाई सञ्चालनमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बिहीबार एक सुचना जारी गर्दै बिहिबार राती १२ बजेदेखि शुक्रबार बेलुका ६ वजेसम्म अनुमती प्राप्त तथा अत्यावश्यक बाहेकका सवारी साधनलाई रोक लगाइएको उल्लेख छ ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ मतदानको दिनको सवारी आगमन व्यवस्थापन सम्वन्धी मापदण्ड २०७९ बमोजिम जिल्ला प्रशासन कार्यालय दाङबाट अनुमती लिएका तथा एम्बुलेन्स, खानेपानी टयाङ्कर, दमकल, दुध बोक्ने ट्याङ्कर, फोहोर उठाउने, शव वहान, अस्पताल सेवा, दुरसञ्चार, विद्युत सेवा जस्ता अत्यावश्यक सेवाका सवारी साधनहरु बाहेक अन्य सवारी साधन पूर्ण रुपमा बन्द हुने सूचनामा उल्लेख छ । निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि सरकारले सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे