घोराहीको मतगणना स्थलमा तारजाली र सिसी क्यामरा जडान



घोराहीको मतगणना स्थलमा तारजाली र सिसी क्यामरा जडान

घोराही २९ वैशाख/ घोराही उपमहानगरपालिकाको मतगणनास्थलमा फलामको तारजाली लगाइएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचको मतगणना स्थलमा सिसी क्यामरा र फलामको तारजाली लगाइएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

घोराहीको बहुउद्देश्य सभागृहमा मतगणना गर्ने तयारी गरिएको छ । उम्मेदवारका प्रतिनिधिले मतगणना हेर्न मिल्ने गरी फलामको बारमा जाली हालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे