प्यूठानको सरुमारानीमा मौन अवधिमा भोट माग्दै हिँडेका गठबन्धन र एमालेका कार्यकर्ता बीच झडप



प्यूठानको सरुमारानीमा मौन अवधिमा भोट माग्दै हिँडेका गठबन्धन र एमालेका कार्यकर्ता बीच झडप

प्यूठान २८ बैशाख । प्यूठानको सरुमारानी गाउँपालिकामा सत्तारुढ गठबन्धन र एमालेका समर्थकबीच भएको झडपामा ४ जना घाइते भएका छन् । घाइते हुनेमा शंकर विश्वकर्मा, टेकेन्द्र मस्र्याङ्ग्री, गुमान सिंह लम्तरी र रमेश राना छन् ।

घाइते मध्ये रमेशलाई थप उपचारका लागि बुटवल लगिएको छ । ३ जनाको सरुमारानीमा नै उपचार भइरहेको छ । गाउँमा भोट माग्दै हिँडेका दुई समूहबीच मौन अवधिमा भोट मागेको विषयमा विवाद भएपछि झडप भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे