देउखुरीमा सवारी दुर्घटनामा परि गम्भीर घाइते दुवै जनाको मृत्यु



देउखुरीमा सवारी दुर्घटनामा परि गम्भीर घाइते दुवै जनाको मृत्यु

देउखुरी २८ वैशाख । दाङमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

सोमबार दिउँसो साढे १ बजे गढवामा स्कार्पियो र मोटरसाइकल एक आपसमा ठोक्किएर गम्भीर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृत्यु हुनेमा गढवा गाउँपालिका ६ आँटीपाकर निवासी २० वर्षीय अरुण चौधरी र सोही ठाउँ निवासी २३ वर्षीय सुरज चौधरीको रहेका छन् । घाइते दुवै जनालाई लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको थियो ।

लमही देखि गढवा जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च ००७७ नम्बरको स्कार्पियो र गढवाबाट लमही तर्फ आउँदै गरेको रा ६ प ७३७९ नं.को मोटरसाइकल गढवा गाउँपालिका ५ सिक्रहवामा एक आपसमा ठोकिएको थियो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे