पालिका चुनावको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर भोट हाल्न आयोगको आग्रह



पालिका चुनावको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर भोट हाल्न आयोगको आग्रह

काठमाडाैँ २८ बैशाख । पालिका चुनावका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । जनप्रतिनिधि छान्न पर्सि ३० गते हुने मतदानको सम्पूणर् तयारी पूरा भएको आयोगले जनाएको हो । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदानलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन सबै पक्षमा आह्वान समेत गरेका छन् ।

साथै उनले कसैको डर, धम्की नमानी निर्धक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह समेत गर्नुभएको छ । शान्तिपूणर् वातावरणमा मतदान प्रक्रिया सम्पन्न गराउन पनि आयोगले सबै पक्षलाई अपिल गरेको छ । मतदान अवधिमा तीन घेराको सुरक्षा व्यवस्था हुनेछ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बालिग मताधिकारको आधारमा संविधानले सबै नागरिकलाई चुनावमा सहभागी हुने अधिकार दिएको बताए ।

यसपालीको चुनावमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले ३५ हजार २ सय २१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोटका लागि मतदान गर्दैछन् । पालिका चुनावमा विभिन्न राजनीतिक दलका गरी तीन सय ५५ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंसेवक आ-आप्mनो मतदान केन्द्रमा पुगिसकेको पनि आयोगले जनाएको छ । पालिका चुनावमा ५५ हजार ६ सय ९८ जना महिला र ८९ हजार ३ सय १३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे