विप्लबका नेताले तुलसीपुरको उपमेयर देखि वडाध्यक्ष सम्मका पदमा स्वतन्त्र उमेदवारी दर्ता



विप्लबका नेताले तुलसीपुरको उपमेयर देखि वडाध्यक्ष सम्मका पदमा स्वतन्त्र उमेदवारी दर्ता

तुलसीपुर १३ बैशाख । नेत्र विक्रम चन्द विप्ल नेतृत्व नेपाल कम्युनिष्ट पाटीले स्थानिय तहको निर्वाचनमा भाग नलिए पनि नेताहरुले भने भाग लिएका छन् । दलको तर्फबाट नभएपनि उनीहरुले स्वतन्त्रको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाका विभिन्न पदमा उमेदवारी दर्ता गराएका छन् । विप्लव पटाीका नेता खेमराज वलीले तुलसीपुरको उपमेयरमा स्वतन्त्रबाट उमेदवारी दर्ता गराएका छन् । यस्तैगरी किरण डाँगीले तुलसीपुर ७ को वडा अध्यक्ष पदमा उमेदवारी दिएका छन् ।

उहाले पनि स्वतन्त्रबाट उमेदवारी दर्ता गराएका छन् । यस्तैगरी विप्लव पाटी निकट मिनप्रसाद ढकाल (अरबिन्द)ले तुलसीपुर १४ को वडा अध्यक्ष पदमा स्वतन्त्रबाट उमेदवारी दिएका छन् । उनी तुलसीपुरका व्यापारी समेत रहेका छन् ।उनीहरुले पाटी निर्वाचनमा सहभागी नभएपनि जनताको चाहाना अनुसार स्वतन्त्र रुपमा उमेदवार भएर निर्वाचनमा भाग लिएको बताएका छन् । विभिन्न राजनितिक दलहरुले जनतालाई आश्वासन बाड्ने र काम नगर्ने जस्ता प्रबृतिको विकास भएकाले त्यसलाई चिर्नका लागी आफुहरुको उमेदवारी भएको उनीहरुले बताएका छन् । आफुहरुले निस्वार्थ रुपमा जनभावना अनुसार काम गर्ने अठोट लिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे