नेपालगञ्जमा पनि भत्कियो गठबन्धन, माओवादीले एक्लै चुनाव लड्ने



नेपालगञ्जमा पनि भत्कियो गठबन्धन, माओवादीले एक्लै चुनाव लड्ने

नेपालगञ्ज १० वैशाख । सत्तारुढ गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको सहमतिमा चित्त नबुझेपछि नेकपा माओवादी केन्द्रले नेपालञ्ज उपमहानगरपालिकामा एक्लै चुनाव लड्ने घोषणा गरेको छ । नेपालगञ्जमा मेयर र उपमेयर पद आफ्नो पार्टीको भागबण्डामा नपरेपछि नेपालगञ्जका माओवादी नेताहरुले पत्रकार सम्मेलन गरी नेपालगञ्ज तथा नेपालगञ्जको २३ वटै वडामा एक्लै चुनाव लड्ने घोषणा गरेका हुन् ।

सत्तारुढ गठबन्धनबिच नेपालगञ्जको मेयर जनता समाजवादी पार्टीलाई र उपमेयर नेपाली कांग्रेसलाई दिने सहमति भएको थियो । माओवादीका बाँके जिल्ला अध्यक्ष रतन शाहीले पत्रकार सम्मेलन गरी २०७४ सालको स्थानीय तहको निर्वाचनामा पाएको मतपरिणम र गठबन्धन दलको हिसाबमा माओवादी केन्द्र दोस्रो स्थानमा रहे पनि नेपालगञ्जमा उपमेयरसमेत नपाएकाले एक्लै चुनाव लड्ने निर्णयमा पुगेको बताए । उनले स्थानीय तह चुनावमा नेपालगञ्जमा गठबन्धनको औचित्य नै नरहेकोसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे