दाङमा म्यादी प्रहरीको छनौट सकियो, १ हजार ७ सय ७ जना म्यादी प्रहरीमा छनौट



दाङमा म्यादी प्रहरीको छनौट सकियो, १ हजार ७ सय ७ जना म्यादी प्रहरीमा छनौट

दाङ २७ चैत । दाङमा स्थानिय तहको निर्वाचन सुरक्षार्थ म्यादी प्रहरीको छनौट सकिएको छ । फागुन ६ गते देखी आबेदन लिन शुरु गरि छनौट प्रकृया थालिएको र शनिबार छनौटको काम सकिएको हो ।

दाङमा एक हजार ७ सय ७ जना म्यादी प्रहरीमा छनौट भएको छनौट समितिका सदस्य सचिब डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । म्यादी बन्नका लागि ७ हजार ६ सय ६३ जनाले आबेदन दिएर छनौट प्रकृयामा सहभागि भएका थिए । छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ ।

छनोट भएकाले ४० दिन काम गर्नुपर्नेछ । छनोट भएकाले दैनिक ७ सय ५६ रूपैयाँका दरले ४० दिनको ३० हजार दुईसय ४० पारिश्रमिक पाउनेछन् । यसबाहेक उनीहरू थप ७ हजार रासनवापत पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यस्तै उनीहरूले लुगाभत्तावाफत एकमुस्ट ६ हजार रूपैयाँ पाउनेछन् ।

जुन रकम लुगामै खर्च हुनेछ । यस्तै म्यादीलाई गाडीभाडावापत एक हजार रूपैयाँ दिइन्छ । यस आधारमा म्यादी प्रहरीले ४० दिन काम गरेवापत जनही कुल ४४ हजार दुई सय ४० रूपैयाँ पाउँछन् । अब उनिहरुलाई तालिम दिए पछि जिल्ला प्रहरी कार्यालय दाङले अन्य सुरक्षाकर्मीहरु सँग चुनाव सुरक्षार्थ खटाउने छ ।

आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनलाई सुरक्षित बनाउन संबेदनशिलताको आधारमा बर्गिकरण गरिएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार जिल्लामा १५३ वटा मतदान स्थललाई सुरक्षा संबेदनशिलताका आधारमा बर्गिकरण गरिएको हो ।

जस अनुसार ५ वटा अति संबेदनशिल, १३७ वटा संबेदनशिल र ११ वटा मतदान स्थल सामान्य अबस्थाकोमा बर्गिकरण गरिएको कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो । जिल्ला सुरक्षा समितिले मतदान स्थलहरुलाई भूगोल, सिमा, सडक सञ्जाल लगाएतको अबस्थालाई मध्यनजर गर्दै बर्गिकरण गरेका हो ।

१५३ वटा मतदान स्थलमा ४१६ मतदान केन्द्र तोकिएको छ । दाङमा स्थानिय निर्वाचनका लागि ४ लाख ९९ हजार मतदाता रहेका छन् । २ लाख ९ हजार ९९ सय जना महिला, २ लाख ९९ हजार पुरुष र २ जना तेस्रोलिंगी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे