राप्तीको नयाँ प्रशासनिक भवनको प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने



राप्तीको नयाँ प्रशासनिक भवनको प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

भालुवाङ २४ चैत । दाङ देउखुरीको राप्ती गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको भोली प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भएका छन् ।

गाउँपालिकाको निमन्त्रणामा प्रधानमन्त्री देउवा भौतिक रुपमा उपस्थित हुन नसके पनि भर्चुअल माध्यमबाट सो भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाका सुचना अधिकारी विश्वास विकले जानकारी दिएका छन् । विहान ९ः ३० बजेको समयमा हुने भवन उद्घाटन कार्यक्रममा उपस्थित भई दिन गाउँपालिकाले सम्पुर्ण जनप्रतिनिधी, उद्योगी, व्यापारी, संघ संस्थाका प्रमुख, विद्यालयका प्रअ तथा अध्यक्ष, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायत सवैमा आग्रह समेत गरेको छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा नव सिर्जनशील कौशल बस्नेत स्लेट जेभी काठमाण्डौं सँग सम्झौता गरी २०७८÷०७९ मा भवनको निमार्ण कार्य सम्पन्न भएको थियो । संघिय सरकारको साढे २ करोड र पालिकाको ६ करोड गरी कुल साढे ८ करोड लगानीमा ४ तल्ले प्रशासनिक भवन निमार्ण भएको हो । ४१ कोठा, २ वटा हल सहित ३ वटै तलामा महिला, पुरुष र अपाङमैत्री शौचालय तथा लिप्ट निमार्ण गरिएको इन्जीनियर अशोक बेल्वासेले जानकारी दिएका छन् ।

प्रशासनिक भवनको गत माघ १९ गते हिन्दु संस्कार अनुसार पण्डितहरु महेश खनाल र उमानन्द भट्टराईद्धारा पुजापाठ गराई गृह प्रवेश गरिएको थियो । गृह प्रवेश सँगै नयाँ भवनबाट सेवा प्रवाह समेत भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिएका छन् । यसअघि सानो भवनबाट सेवा प्रवाह गर्दा कर्मचारी र सेवाग्राहीहरुलाई सेवा लिन अप्ठ्यारो हुने गरेको थियो । साँघुरा कोठा र एउटा कोठामा २ वटा सम्म शाखा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे