गर्मी मौसममा सरुवा रोगको जोखिम धेरै, खानपिन र सरसफाइमा ध्यान दिन डाक्टरको सुझाव



गर्मी मौसममा सरुवा रोगको जोखिम धेरै, खानपिन र सरसफाइमा ध्यान दिन डाक्टरको सुझाव

काठमाण्डाै ६ चैत । गर्मी मौसममा सरुवा रोगको जोखिम धेरै हुने भएकाले सचेत हुन डाक्टरले आग्रह गरेका छन् । जाडोको तुलनामा गर्मीको समयमा सङ्क्रामक रोगको जोखिम धेरै हुने भएकाले स्वास्थ्यको ख्याल गर्न डाक्टरले सुझाव दिएका हुन् । गर्मी मौसम सुरु भएपछि भाइरल ज्वरो लगायतका स्वास्थ्य समस्या देखिने गरेको छ ।

काठमाण्डौसहित देशका विभिन्न अस्पतालमा अहिले रुघाखोकी, ज्वरो, टाउको दुख्ने, पेट दुख्ने लगायतका समस्या भएका बिरामी बढ्न थालेका छन् । डाक्टर प्रशान्त त्रिपाठीकाअनुसार गर्मीमा टाइफाइड, झाडापखालाको जोखिम धेरै हुन्छ ।

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले दूषित पानी र खानाका कारण सरुवा रोग फैलने खतरा गर्मीमा धेरै हुने बताउनुभयो  । सरुवा रोगको जोखिमबाट बच्न व्यक्तिगत सरसफाइका साथै खानपिनमा ध्यान दिन डा. पुनको  सुझाव छ ।

सडक आसपासमा बेच्न राखेका खानेकुरा नखाइ घरभित्रै बनाइएको स्वस्थ खाना खाए र शुद्धीकरण गरेको पानी पिउने गरे सरुवा रोगबाट बच्न सकिने डाक्टरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे