संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्ध परेको रिट हेर्दाहेर्दैमा, अर्काे सुनुवाइ ९ गते



संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्ध परेको रिट हेर्दाहेर्दैमा, अर्काे सुनुवाइ ९ गते

काठमाण्डाै ४ चैत । विभिन्न संवैधानिक आयोगका ५२ जना पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटलाई आज शुक्रवार हेर्दाहेर्दैमा राखिएको छ ।

संवैधानिक इजलासमा आजदेखि सुनुवाइ सुरु भएको रिटमाथि बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सुनुवाइ अघि बढाउन माग गरे । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको व्यवस्था मासेर अध्यादेश ल्याएको तर्क गरे । 

रिटमाथि अब आउँदो बुधवार चैत ९ गते सुनुवाइ हुनेछ । संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश ल्याएर ५२ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेका थिए । २०७७ पुस ५ गते संसदीय सुनुवाइका लागि सङ्घीय संसद् सचिवालयमा पठाइएकोमा त्यही दिन संसद् विघटन गरेका कारण नियुक्तिका लागि सिफारिस भएकाहरूको संसदीय सुनुवाइ भएको थिएन । 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे