माध्यमिक विद्यालय रुपाकोटमा छात्रवृत्ति वितरण



माध्यमिक विद्यालय रुपाकोटमा छात्रवृत्ति वितरण

भालुवाङ २८ फागुन । माध्यमिक विद्यालय राप्ती गाउँपालिका ९ रूपाकोटले हिजो एक कार्यक्रमका बीच छात्रावृत्ति वितरण गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश चौहानको अध्यक्षता एवम् अक्षय कोषका सदस्य घनश्याम न्यौपानेको प्रमुख आतिथ्यतामा भएको छात्रावृत्ति वितरण कार्यक्रममा कुल १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोषबाट शैक्षिक सत्र २०७६ को छात्रवृत्ति कक्षा ५ का गोमा गाहा, संगिता चुहानलाई क्रमश नगद २ हजार २५ र कक्षा ८ का कृष्णा बैमा र भुपेन्द्र भट्टराईलाई क्रमश नगद २ हजार २५ का दरले छात्रवृत्ति वितरण गरिएको थियो त्यस्तै शैक्षिकसत्र २०७७ को छात्रवृत्ति कक्षा ५ का पुर्णबहादुर चुहान, शिशिर चुहानलाई क्रमश नगद २ हजार २५ र कक्षा ८ का सिता चुहान र खुमबहादुर सुनारीलाई क्रमश नगद २ हजार २५ का दरले छात्रवृत्ति वितरण गरिएको थियो ।

कक्षा प्रथम हुने एक एक जना छात्र र छात्रालाई वितरण सो छात्रवृत्ति वितरण गरिएको हो । यस वर्ष शैक्षिक सत्र २०७६ र २०७७ को अक्षय कोष एकै पटक वितरण गरिएको हो । गत वर्ष कोभिडका कारण छात्रवृत्ति वितरण हुन सकेको थिएन । ज्ञानप्रसाद न्यौपानेले अक्षय कोष स्थापना तथा उदेश्य बारे जानकारी गराएको कार्यक्रममा स्वागत मन्तव्य निमित्त प्रअ खिमबहादुर भट्टराईले गरेका थिए।

भने अक्षय कोष वितरण घनश्यान न्यौपाने, ज्ञानप्रसाद न्योैपाने, बासुदेव न्यौपाने र प्रनिस न्यौपानेले गरेकाे भद्राक्षी रेडियाे राप्ती स्राेता क्लवका अध्यक्ष खिमबहादुर वलीले खवर पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे