देवीकोट र रुपाकोटमा हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन सम्बन्धी अन्तरक्रिया



देवीकोट र रुपाकोटमा हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन सम्बन्धी अन्तरक्रिया

भालुवाङ २६ फागुन । हात्तीपाइले रोग निवारण अन्तरगत समुदाय स्तरमा हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिहिवार राप्ती गाउँपालिका वडा नम्बर ९ को देवीकोट र रुपाकोटमा सम्पन्न भएको छ ।

देवीकोट स्वास्थ्य इकाई केन्द्रको आयोजनामा कार्यक्रम भएको हो । यहि फागुन २८ गते देखि चैत्र ३ गते सम्म सञ्चालन हुन लागेको हात्ती पाइले औषधी खुवाउने कार्यक्रम अन्र्तगत वडाका सरोकारवालाहरु मार्फत प्रचारप्रसारका लागि कार्यक्रमको आयोजना गरिएको थियो ।

वडा अध्यक्ष रिमबहादुर सुनारी मगरको अध्यक्षतामा भएको कार्यक्रममा हात्ती पाइले रोगको परिचय, रोग सर्ने तरिका, लक्षण, उपचार विधि, औषधी खान हुने र नहुने विधिका बारेमा जानकारी गराइएको थियो । २०÷२० जनाको सहभागीता रहेको कार्यक्रमको सहजीकरण देवीकोट स्वास्थ्य इकाई केन्द्रका प्रमुख तथा अहेव यगम कार्कीले गरेका थिए । यसै गरि राप्ती गाउँपालिकाको अन्य वडाहरमा पनि कार्यक्रमहरु भएको बताइएको छ ।

सरकारले आगामी शनिबार देखी १० जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधी वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । लमजुङ, पर्वत, बाग्लुङ, बारा, झापा, बाँके, दाङ, कपिलवस्तु, कैलाली तथा मोरङमा हात्तीपाइलेको औषधी कार्यक्रम सुरु हुन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको भद्राक्षी रेडियो राप्ती स्रोता क्लवका अध्यक्ष खिमबहादुर वलीले खवर पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे