चेम्बरद्धारा कार्यालय भवन निमार्णका लागि राप्ती गाउँपालिका सँग जग्गा माग



चेम्बरद्धारा कार्यालय भवन निमार्णका लागि राप्ती गाउँपालिका सँग जग्गा माग

सिसहनियाँ २६ फागुन । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले आफ्नो कार्यालय भवन निमार्णका लागि राप्ती गाउँपालिका सँग जग्गा माग गरेको छ । बिहिवार चेम्बरका अध्यक्ष कुमार अधिकारीको नेतृत्वमा गएको टोलीले लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रमा तयार भइरहेको गुरुयोजना भित्र कार्यालय भवन निमार्णका लागि चेम्बरले गाउँपालिका सँग जग्गा माग गरेको हो ।

आफ्नै कार्यालय भवन नहुँदा भाडाको घरमा कार्यालय सञ्चालन गर्दा आर्थिक समस्या हुने भन्दै गाउँपालिका सँग उक्त गरुयोजना क्षेत्र भित्र जग्गा माग गर्न मागपत्र समेत गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई बुझाएको हो । मागपत्र बुझ्दै गाउँपालिका अध्यक्ष सुवेदीले स्थायी राजधानीमा कार्यालय भवन निमार्ण गर्ने हो भने जग्गा पहिचान गरे आफुले पालिका र प्रदेश सरकार मार्फत जग्गा उपलब्ध गराउन तयार रहेको बताएका छन् ।
टोलीमा चेम्बरका प्रथम उपाध्यक्ष नेमलाल बेल्वासे मनु, दोस्रो उपाध्यक्ष श्यामा रावत, सदस्य युद्धबहादुर भुसाल, वसन्त कुवर क्षेत्री र प्रेस सल्लाहाकार ओमप्रकाश गुप्ता लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे