आदर्श नमुना मावि लालमटियामा वृत्तचित्र निमार्ण तथा अन्तरक्रिया कार्यक्रम



आदर्श नमुना मावि लालमटियामा वृत्तचित्र निमार्ण तथा अन्तरक्रिया कार्यक्रम

लालमटिया २६ फागुन । आदर्श नमुना मावि राप्ती गाउँपालिका २ लालमटियाको आयोजनामा वृत्तचित्र निमार्ण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर थापाको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले आदर्श नमुना माविको प्रगती प्रति आफु निकै खुसी भएकोे बताएका छन् ।साथै अध्यक्ष सुवेदीले विद्यालयले गरेको प्रगतीमा गाउँपालिकाको पनि लगानी रहेको बताउँदै विद्यालयको विकासमा गाउँपालिकाले सधैव साथ र सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । त्यसै गरी कार्यक्रममा राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले अभिभावकहरुले बालबच्चाको भविष्य बनाउनका लागि मात्र नभई विद्यालयको के योगदान गर्न सकिन्छ भन्ने कुरा बुझ्न जरुरी रहेको बताएका छन् ।कार्यक्रममा विद्यालयको आर्थिक तथा प्रगति विवरण विद्यालयका प्रअ किरण पोख्रेलले प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षक जिवराज शर्माको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा विद्यालय विद्यार्थी निरज केसी, सागर खनाल, विद्यालयका पुर्व शिक्षक दोर्ण भुसाल,विद्यालयका प्रेस संयोजक ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न प्रतियोगिता र साँस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियोे । कार्यक्रमको सञ्चालन सहायक प्रअ यादव आचार्यले गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे