प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा शोभाखर पन्थी सर्वसहमतीले निर्वाचित



प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा शोभाखर पन्थी सर्वसहमतीले निर्वाचित

भालुवाङ २१ फागुन । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुन दोस्रो कार्यकालका लागि शोभाखर पन्थी सर्वसहमतीले निर्वाचित भएका छन् । शनिवार लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयमा भएको प्रथम अधिवेशनले अर्घाखाँचीका पन्थीको अध्यक्षतामा ४६ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा दाङका दशरथ घिमिरे, आर्का उपाध्यक्ष बाँकेका लक्ष्मी तिमिल्सेना, महासचिवमा रुपन्देहीकी निरा गौतम (निरु), सचिवमा नवलपरासी पश्चिमका वेनी माधव बस्याल, आर्का सचिवमा दाङका ओपेन्द्र बस्नेत र कोषाध्यक्षमा प्युठानका एलवी थापा रहेका छन् ।
त्यसै गरी सदस्यहरुमा दाङबाट ओमप्रकाश गुप्ता, किरण जिसी, छवी पुरी, विमला घर्ती, अमृता भुसाल, बालकृष्ण पाण्डे, शिव घर्ती, प्युठानबाट प्यार अलि खाँ, कृष्णराज पाण्डे, कमल विक, हेमराज खनाल, रोल्पाबाट भुवन केसी, बर्दियाबाट ज्ञानेन्द्रराज पोख्रेल, जनक चौधरी, बाँकेबाट लक्ष्मी चौधरी, सरला सुवेदी, खम्ब पुन, हुमहरि भट्टराई, खगेन्द्र दहाल, कपिलवस्तुबाट पार्वती आचार्य, अराजसिंह बेल्वासे, ओरिराम चौरसिया, शरद अधिकारी, रामप्रकट कोरी रहेका छन् ।

त्यसै गरी अर्घाखाँचीबाट कमल विष्ट, गिताराम विष्ट, मधुकुमार श्रेष्ठ, कुराल बस्याल गुल्मीबाट ज्ञानबहादुर महतरा, कृष्ण अन्जान ज्ञवाली पाल्पाबाट केशव नेपाल, रामप्रसाद न्यौपाने, राजेन्द्र लिगल, कृष्ण पोख्रेल, नवलपरासी पश्चिमबाट मोहन पौडेल, रामजी लौडारी, नारायण पराजुली रहेका छन् ।

त्यस्तै रुपन्देहीबाट माधवराज न्यौपाने, शशि पन्थी, मनिराम पन्त (मनिष), माधव भुसाल, कृष्ण खनाल, सत्यनारायण मानन्धर, मोहन ठाकुर, गोविन्द घर्ती र शान्ति विश्वकर्मा रहेका छन् । यसै बीच नव निर्वाचित पदाधिकारीहरुलाई शनिवार नै सफथ ग्रहण गराइएको छ । भने ११ बुँदे भालवाङ घोषणा पत्र जारी गरिएको छ ।
घोषणा पत्रको पुर्णपाठ

प्रेस चौतारी नेपाल लुम्बिनीको दाङको राप्ती उपत्याकामा २०७८ फागुन २१ गते सम्पन्न
प्रथम अधिवेशनले निम्मानुसार घोषणापत्र जारी गर्दछ

१. श्रमजीवी पत्रकार ऐन पूणर्रुपमा कार्यान्वयन गर्दै पत्रकारहरुको पेशागत र भौतिक सुरक्षाको ग्यारेन्टी गर्न यो अधिवेशन सरकारस“ग जोडदार माग गर्दछ ।
२. न्युनतम पारिश्रमिक समितिले सिफारिस गरेको श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धि गर्न सरकार र संचारमाध्ययमस“ग माग गर्दछ ।
३. कोरोना महामारी वा कुनै पनि बहानामा पत्रकारलाई पेशाबाट विस्थापित नगर्न र विस्थापित भएकालाई तत्काल पुर्नस्थापित गर्न सरकार र संचारमाध्ययमस“ग जोडदार माग गर्दछ ।
४. लुम्बिनी प्रदेशको प्रदेश संचारसम्बन्धी विधेयक तत्काल फिर्तागरी संचारमैत्री र पत्रकार अनुकुल बनाउन माग गर्दछ ।
५.पत्रकारहरुको कोरोना विमाको रकम तत्काल उपलब्ध गराउन सरकार र सम्बन्धित विमा कम्पनीस“ग माग गर्दछ ।
६. पत्रकार तथा संचारमाध्ययमलाई संचार उपकरण खरीद गर्न सहुलियत प्रदान गर्न र त्यसमा सबैको सहज पहु“च वृद्धि गर्न आग्रह गर्दछ ।
७.संघ, प्रदेश र स्थानीय तहका सरकारले संचारमाध्ययको सबलिकरण र पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रयाप्त रकम विनियोजन गर्न र विनियोजित रकम पारदर्शी ढंगले परिचालन र कार्यान्वयन गर्न माग गर्दछ ।
८.सबै संचारमाध्ययमलाई लोककल्याणकारी विज्ञापन समानुपातिक ढंगले वितरण गर्न तीन तहकै सरकारस“ग माग गर्दछ ।
९. संविधान बमोजिम तोकिएको मितिमा स्थानीय तहस“गै सबै तहका निर्वाचन शान्तिपूणर् र निश्पक्ष ढंगबाट सम्पन्न गर्न माग गर्दछ ।
१०. प्रेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरी अन्य वस्तुमा भएको कालोबजारी नियन्त्रण गर्न सरकारस“ग माग गर्दछ ।
११.लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्याका घोषणा भएको क्षेत्रमा गुरुयोजना निर्माण, जग्गा प्राप्ति, भौतिक संरचना निर्माण लगायतका काम छिटोसम्पन्न गरी राजधानीको प्रशाशनीक काम थाल्न र राजधानी स्थापनाको निणर्य कार्यान्वयन लैजान माग गर्दछ ।

घोषणा पत्र प्रस्ताव लेखन समिति
१. दुर्गालाल केसी
२. अमृता अनमोल
३. विश्वराज पछल्डङ्ग्या

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे