वर्तमान सरकारले राष्ट्रघाती काम गरिरहेको छ : सचिव विश्वकर्मा



वर्तमान सरकारले राष्ट्रघाती काम गरिरहेको छ : सचिव विश्वकर्मा

भालुवाङ २१ फागुन । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले अहिलेको वर्तमान सरकारले गरेका काम राष्ट्रघाती काम भएको बताएका छन् । 

शनिवार लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीको राप्ती गाउँ पालिका ३ मा रहेको  राप्ती प्राविधिक शिक्षालयमा प्रेस चाैतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम एतिहासिक अधिवेशनको उद्घाटन गर्दै पार्टीका सचिव विश्वकर्माले सरकारले गरेका राष्ट्रघाती कामको प्रेस चाैतारी नेपालमा आवद्व सञ्चारकर्मीले खवरदारी गर्न आवश्यक रहेको बताएका छन् ।

प्रमुख अतिथि समेत रहेका सचिव विश्वकर्माले अहिलेको स्थानीय तहको निवार्चनमा एमालेका उम्मेदवारले जित्नुपर्ने बताएका छन् ।

अहिले एमाले रोज्नेहरूको लहर बढेकोले पार्टी प्रवेश कार्यक्रम समेत तिव्र गतिमा अगाडि बढेको बताएका छन् । साथै उनले पार्टीलाई बलियो बनाउन सवै शक्ति लाग्न र आफ्नो जिम्मेवारी निर्वाह गर्न अनुरोध समेत गरेका छन् ।

चाैतारीका लुम्बिनी प्रदेश अध्यक्ष शोभाकर पन्थीको अध्यक्षता एवम् पार्टीका केन्द्रीय सचिव छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सुर्य थापा, नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी, चाैतारीका पुर्व कोषाध्यक्ष अक्षेरी केसी, पार्टीका अग्रज मोहन चापागाईं, पुर्व केन्द्रीय उपाध्यक्ष, पार्टीका केन्द्रीय सदस्य भरत केसी, प्रेस काउन्सिलका केन्द्रीय सदस्य शरद अधिकारी, चाैतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेल, पार्टीका केन्द्रीय सदस्य गंगा थारू, पोलिटव्युरो सदस्य ददिराम न्याैपाने, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा चाैतारीमा आवद्व क्रियाशील पत्रकार र संगठनलाई सम्मान तथा पुरस्कृत गरिएको थियोे । भने थारू र मगर संस्कृति झल्किने साँस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।

प्रेस चाैतारी दाङका अध्यक्ष इन्द्र डिसीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन चाैतारीका लुम्बिनी प्रदेशका महासचिव भेषराज बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे