राष्ट्रिय सभामा चार वर्षे कार्यकाल पूरा गरेका २० सांसद आज देखि बिदा हुँदै



राष्ट्रिय सभामा चार वर्षे कार्यकाल पूरा गरेका २० सांसद आज देखि बिदा हुँदै

काठमाण्डाै २० फागुन । राष्ट्रिय सभामा चार वर्षे कार्यकाल पूरा गरेका २० जना सांसद आज शुक्रवार देखि बिदा हुँदैछन् ।  बिदा हुनेमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनाकला ओझा, पर्शुराम मेघी गुरुङ, राम लखन चमार, सुमनराज प्याकुरेल रहेका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिशी र शेरबहादुर कुँवर तथा नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा, शशीकला दाहालको पनि पदावधि सकिएको छ ।

यस्तै नेपाली कांग्रेसबाट दृगनारायण पाण्डेय, तारादेवी भट्ट र राधेश्याम अधिकारी पनि राष्ट्रियसभाबाट बिदा हुँदैछन् । त्यस्तै मनोनीततर्फ रामनारायण बिँडारीको पनि पदावधि सकिएको छ ।

राष्ट्रिय सभामा नवनिर्वाचित १९ सांसदको शपथ ग्रहण भने भोलि शनिवार हुने भएको छ । राष्ट्रिय सभाको १९ सिटका लागि गएको माघ १२ गते चुनाव भएको थियो । यसअघि दुई वर्ष पदावधिको चिट्ठा परेका १९ जना सांसद २०७६ मा बिदा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे