प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने
काठमाण्डौ १८ फागुन । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसदबाट एमसीसी सम्झौता अनुमोदन भएपछि प्रतिनिधि सभाको बैठक पहिलो पटक आज दिउँसो १ बजे बस्न लागेको हो । गएको आइतबार संसदबाट एमसीसी अनुमोदन भएको थियो ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्नुहुनेछ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, नेपाल हवाइ सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्