दाङमा भएकाे छुट्टा–छुट्टै सवारी दुर्घटनामा परि २ जनाको मृत्यु



दाङमा भएकाे छुट्टा–छुट्टै सवारी दुर्घटनामा परि २ जनाको मृत्यु

तुलसीपुर १५ फागुन । तुलसीपुर– घोराही सडक खण्डमा आइतबार साँझ भएको छुट्टा–छुट्टै सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१८ डाँडागाउँमा रा ५प ९०६६ नम्बरको स्कुटी र लु १ च ६२८९ नम्बरको पिकअप गाडी एक आपसमा ठोक्किदा तुलसीपुर उपमहानगरपालिका–१७ निबासी अन्दाजी ३४ बर्षका तारा बहादुर केसीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।

त्यसैगरी बा ३ ख ६४३ नम्बरको हाइस र नम्बर नखुलेको मोटरसाईलक तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीमा ठोक्कीदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको नाम ठेगाना नखुलेपनि साथमा रहेको परिचयपत्रमा रेशम चौधरी उल्लेख भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

ठोक्किदा हाइसको तेल लिग भएपछि आगलागि भएको प्रहरीले बताएको छ । आगलागीका कारण हाइस पूर्णरुपमा क्षेति पुगेकाे  छ । त्यसैगरी घाइते ४ जना मध्य करण परियार र रमेश वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ । दुईवटा घटना ९ देखि साढे ९ बजेको बिचमा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे