दाङमा दूग्धजन्य पदार्थको मूल्य बढ्यो



दाङमा दूग्धजन्य पदार्थको मूल्य बढ्यो

दाङ ११ फागुन । दाङमा दुग्धजन्य पदार्थको मूल्य समायोजन गरिएको छ । केन्द्रमा सरकारले केही दिन पहिले दुग्धजन्य पदार्थको मूल्य बृद्धी गरेपछि जिल्लामा पनि विभिन्न सरोकारवालाहरु बिच बैठक बसेर मूल्य समायोजन गरिएको हो ।

घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समितिको आयोजनामा बसेको बैठकले आगामी चैत्र १ गते देखि लागु हुने गरी दूध र दहीको मूल्यमा समायोजन गरेको हो । समितिका संयोजक एवं घोराही उपमहानगरपालिकाका उप-प्रमुख सीता सिग्देल न्यौपानको अध्यक्षतामा बसेको बैठकले दूधमा प्रतिलिटर १० रुपैयाँ र दहीमा प्रतिलिटर २० रुपैयाँ मूल्य बृद्धी गर्ने निणर्य गरेको हो ।

अब उपभोक्ताले दूधको खरिद मूल्य ९० रुपैयाँ र दहिको एक सय १० रुपैयाँ प्रति लिटर कायम हुने छ । त्यसैगरी किसानको घरमा खरिद गर्दा दूध प्रतिलिटर ६६ रुपैयाँ र डेरी सम्म किसानले आफै ल्याए ७० रुपैयाँ प्रतिलिटरमा विक्रि गर्ने छन् । साथै घ्यूको मूल्य प्रति किलो एक हजार ३ सय रुपैयाँ कायम गरिएको छ । यस अघि एक हजार २ सय रुपैयाँमा कारोबार हुँदै आएको थियो । पनिरमा प्रतिकिलो सात सयबाट एक सय बढाएर आठ सय रुपैयाँ बनाईएको छ । दूध मिसाएको चियाको मूल्य २० रुपैयाँबाट ५ रुपैयाँ बढाएर प्रतिकप २५ रुपैयाँ निर्धारण गरिएको छ । कफिलाई प्रतिकप ५० रुपैयाँ बनाईएको छ । बैठकले दूध बोक्न प्रयोग हुदै आएका पलाष्टिकका जर्किनलाई बिस्थापन गर्ने समेत निणर्य गरेको छ ।

वैठकमा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत अमरराज शर्मा, घोराही उपमहानगर आर्थिक समितिका संयोजक राममणी पाण्डेय, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय उपाध्यक्ष केशबकुमार शर्मा, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पोख्रेल, डेरी व्यवसायी समितिका अध्यक्ष इश्वरी प्रसाद घिमिरे, उपाध्यक्ष मानबहादुर बुढाथोकी र उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव श्रीधर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे