स्थायी राजधानीमा बन्ने सम्पूर्ण भौतिक संरचनाहरु अपाङमैत्री बनाउन माग



स्थायी राजधानीमा बन्ने सम्पूर्ण भौतिक संरचनाहरु अपाङमैत्री बनाउन माग

भालुवाङ ६ फागुन । देउखुरीको भालुवाङमा शुक्रवार देखि पहुँचयुक्तता परिक्षण सम्बन्धी ३ दिने तालिम सुरु भएको छ । सि.बी.एम को आर्थिक सहयोग तथा राष्ट्रिय अपाङ महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजना तालिम सुरु भएको हो ।महासंघका कोषाध्यक्ष हेमनाथ ज्ञवालीको अध्यक्षता एवम् लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा र राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोम शर्माले अव लुम्बिनी प्रदेशको भौतिक संरचना अपाङमैत्री हुनुपर्ने र बनेका संरचनामा सुधार ल्याउनुपर्ने बताएका छन् । त्यसै गरी उनले सरकारी तथा गैरसरकारी कार्यालय तथा संघ संस्थाहरुले दिने सेवामा सवै नागरिकहरुको पहुँच हुने विषयबस्तु हुनुपर्ने, बहिरा तथा दृष्टिविहिनहरका लागि त्यही अनुसारको संरचना र सेवा सुविधा उपलब्ध हुनुपर्ने बताए ।कार्यक्रममा बोल्दै लमही नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसीले आफ्नो नगरपालिकाको भवन निमाणर्मा केहि कमजोरी भएको स्वीकार्दै त्यसलाई सुधार गर्दै लैजाने बताएका छन् । त्यसै गरी राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले आफ्नो पालिकाको भवन अपाङमैत्री बनाउन खोजिए पनि केहि सुधार गर्नुपर्ने औंलाउँदै अव केहि सुधार गर्नुपर्ने कुरामा आफु सधै प्रतिवद्ध रहेको बताए ।

महासंघका सचिव अजयकुमार शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन महासंघकी कार्यक्रम अधिकृत गोमा पन्थीले गरेकी थिइन् । तालिममा अपाङगता भएका नागरिक, इन्जीनियर र पत्रकारहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे