निलसागरलाई खाद्यन्न सहयोग गरेर मनायाे ऐरावती क्याम्पसले आफ्नो १३ औँ वार्षिक उत्सव



निलसागरलाई खाद्यन्न सहयोग गरेर मनायाे ऐरावती क्याम्पसले आफ्नो १३ औँ वार्षिक उत्सव

भालुवाङ ६ फागुन । देउखुरीको ऐरावती आर्दश बहुमुखी क्याम्पस लालमटियाले शुक्रबार आफ्नो १३ औँ स्थापना दिवस तथा बार्षिक उत्सव कार्यक्रम मनाएको छ । विं.स.ं २०६५ फागुन ६ गते विधिवत रुपमा स्थापना भएको दिनलाई क्याम्पसले प्रत्येक बर्ष फागुन ६ गतेका स्थापना दिवसका रुपमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ ।

यसैबीच क्याम्पसले आफ्नो १३ औँ स्थापना दिवस तथा बार्षिक उत्सव अवसरमा देउखुरीको राप्ती गाउँपालिका—८, पिपरीमा रहेको निलसागर सेवा आश्रममा खाद्यन्न तथा फलफूल र तरकारी प्रदान गरेको छ । क्याम्पस प्रमुख बिष्णुप्रसाद भुसालको नेतृत्वमा प्राध्यापकहरु सहित गएको टोलीले आश्रमलाई एक क्वीन्टल चामल, ५ किलो दाल, ५ लिटर तेल, ५ किलो नुन र ५ किलो फलफूल प्रदान गरेको छ ।

उक्त खाद्यन्न, तरकारी र फलफूल क्याम्पस प्रमुख भुसाल र स्वतन्त्र विद्यार्थी युनियनका सभापति धुब्र बेल्बासेले संयुक्त रुपमा आश्रमका दाङ जिल्ला संयोजक प्रकाश बिष्टलाई प्रदान गरेका थिए । सो अवसरमा बोल्दै क्याम्पस प्रमुख भुसाल र युनियनका सभापति बेल्बासेले यस बर्ष क्याम्पसको स्थापना दिवसमा कुनैकिसमको औपचारिक कार्यक्रमको आयोजना नगरिएको र मात्र आश्रमलाई खाद्यन्न तथा फलफूल प्रदान गरेर मनाएको बताए ।

यता आश्रमले उक्त खाद्यन्न तथा फलफूल प्रदान गरेकोमा आश्रमका संयोजक बिष्टले क्याम्पस परिवारलाई धन्यबाद दिंदै अत्यन्तै पूण्य तथा प्रबित्र कार्य भएको बताए ।

खाद्यन्न, फलफूल तथा तरकारी प्रदान कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख बिक्रान्त ज्ञवाली, व्यवस्थापन संकाय प्रमुख रामकृष्ण पौडेल, शिक्षाशास्त्र संकाय प्रमुख रमेशप्रसाद कडेल, प्रध्यायकहरु भेषबहादुर बुढाथोकी, प्रताप चौधरी र स्वतन्त्र विद्यार्थी युनियनका सभापति धुब्र बेल्बासे लगायतको उपस्थिती रहेको थियो ।

यता यता युनाइटेड साइन्टफिक्स सर्जिकल हाउसका अध्यक्ष बालकुमार घर्तीमगरले शुक्रबार निलसागर सेवा आश्रमको स्थलगत निरिक्षण तथा अनुगमन गरेका छन् । आश्रमको निरिक्षण तथा अनुगमनपछि कुरा गर्दै घर्तीमगरले सडक मानवमुक्त बनाउने अभियान अन्तर्गत आश्रम सञ्चालन गरिएकोमा आश्रम सञ्चालकको प्रशंसा गर्दै अत्यन्तै धार्मिक तथा पूण्यको काम भएको बताए । साथै उनले आश्रमका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे