देउखुरीको बसन्तपुरका एक पुरुषको राप्ती नदी किनारमा शब फेला



देउखुरीको बसन्तपुरका एक पुरुषको राप्ती नदी किनारमा शब फेला

भालुवाङ ६ फागुन । देउखुरीको राप्ती नदी किनारमा एक पुरुषको शब फेला परेको छ । देउखुरीको राप्ती गाउँपालिका—३, बसन्तपुर निवासी बर्ष ५४ का ल्यापटेन चौधरीको गढवा गाउँपालिका—२, राप्ती नदीको पचहा—अर्नाहनपुर घाटको नदी किनारमा मृत अवस्थामा शब फेला परेको हो ।

गत फागुन १ गते देखि हराइरहेका उक्त पुरुषको बिहिबार बेलुका करिब सवा ९ बजेको समयमा राप्ती नदी किनारमा शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । शबको पोष्टमार्टमका लागि लमही अस्पतालमा पठाइएको छ भने घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक पुरुषको शरीरका विभिन्न भागमा चोटपटक समेत लागेको छ । यता स्थानीयबासीले भने ती पुरुषको हत्या भएको हुन सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे