हिको संस्थाले गाउँमै स्वास्थ्यकर्मी लिएर जाँदा  देवीकोटबासी खुसी



हिको संस्थाले गाउँमै स्वास्थ्यकर्मी लिएर जाँदा  देवीकोटबासी खुसी

सिसहनियाँ ५ फागुन । दाङ देउखुरीको एक सामाजिक संस्थाले गाउँमै स्वास्थ्यकर्मी लिएर  गएपछि देवीकोटबासीहरू खुसी भएका छन् ।

राप्ती गाउँपालिकामा रहेको स्वास्थ्य, शिक्षा सामुदायिक स्वास्थ्य संस्था ( हिको) ले बुधबार देउखुरीको विकट पहाडी गाउँ राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटमा स्वास्थ्य शिविर लगेर गएपछि त्यहाँका नागरिकहरू खुसी भएका हुन् ।

माैरीघाट देखि झण्डै ८ किलोमिटरको दुरीमा रहेको सो गाउँका स्थानीयहरू विरामी हुँदा सामान्य चेकजाँच बाहेक अन्य उपचार गराउँन सिसहनियाँ, लमही, भालुवाङ पुग्नुपर्ने बाध्यता रहेको छ ।

गतिलो मोटरबाटो तथा यातायातको साधन नचल्दा त्यहाँका स्थानीयलाई गाउँमा कोही विरामी भए डोका वा पिठ्युमा राखेर अस्पताल पुर्‍याउनु पर्ने बाध्यता अझै पनि कायमै रहेको छ ।

यी सवै समस्यालाई मध्यनजर गरि संस्थाले विष्ट स्वास्थ्य पोलिक्लनिक प्रालिको प्राविधिक सहयोग र सोही गाउँमा रहेको आधारभुत स्वास्थ्य इकाई केन्द्र सँगको समन्वय एवम् सहकार्यमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

संस्थाका अध्यक्ष तथा स्वास्थ्यकर्मी प्रकाश विष्टको नेतृत्वमा गएको टोलीले कुल ५१ जना  विरामीहरू मध्ये ४० जनाको सुगर परिक्षण गरेको थियोे अन्य विरामीको स्वास्थ्य परिक्षण र आँखा चेकजाँच समेत गरिएको थियोे ।

जसमा रक्तचाप, रूघाखोकी, सुगर, ज्वरो आउने तथा घुडा र हाड जोर्नी दुख्ने समस्या देखिएको थियोे । विरामीहरूलाई चेकजाँच सँगै उचित परामर्श समेत दिएको संस्थाका अध्यक्ष तथा स्वास्थ्यकर्मी प्रकाश विष्टले जानकारी दिएका छन् ।

शिविरमा स्वास्थ्यकर्मी विष्ट सँगै डाक्टर अच्युत रिजाल, ल्याब असिस्टेन्ट कुसुमी पुन,अनमी सोनिया बेल्वासे, रितु थापा, अनुप चौधरी, स्वास्थ्य इकाई केन्द्र  देवीकोटका अहेव यज्ञ कार्की,अमिउल्ला मिया, रेखा पुनले विरामीको स्वास्थ्य परिक्षण गरेका थिए भने अप्थाल्मिक असिस्टेन्ट मनिसा पुनले आँखाको जाँच गरेकी थिइन् । भने गरिबु चौधरी,अनिल केसी,सुभाष चौधरी लगायतले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे