राप्ती गाउँपालिकाको कठाहामा विभिन्न पार्टी परित्याग गरि १ सय २३ जना कार्यकर्ता कांग्रेसमा प्रवेश



राप्ती गाउँपालिकाको कठाहामा विभिन्न पार्टी परित्याग गरि १ सय २३ जना कार्यकर्ता कांग्रेसमा प्रवेश

भालुवाङ ५ फागुन । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ कठाहा विभिन्न पार्टी परित्याग गरि १ सय २३ जना कर्याकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस वडा नम्बर २ वडा समितीले बुधबार आयोजना गरेको टोल समिती गठन कार्यक्रमको अबसरमा पार्टी प्रबेशलाई पनि प्रथामिक्ता दिईएको राप्ती गाउँपालिका तरुणदल अध्यक्ष आशिष् पौडेलले जानकारी दिएका छन् ।

वडा सभापती युबराज भुषालको अध्यक्षता तथा केन्द्रीय महाधिबेसन प्रतिनिधि हरि भुसालको प्रमुख आतिथ्यता एबम् केन्द्रिय महाधिबेसन प्रतिनिधीहरु बिलोचन चौधरी र नुमानन्द सुवेदीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै नेताहरुले देशको समृद्धीका लागि कांग्रेसको बिकल्प नरहेको बताए ।

देशैभरी कांग्रेस प्रतीको आकर्षण बढ्दै गईरहेको बताउँदै नेताहरुले आगामी स्थानिय तहको चुनाबमा मुख भन्दा पनि रुख हेरेर मतदान गर्न सबैलाई सुझाए ।

नबप्रबेशीहरुलाई नेताहरुले फुल अबिरले भब्य स्वागत गर्दै पार्टी प्रबेश गराएका हुन । सोही अबसरमा १५ सदस्यीय नेपाली कांग्रेस कठाहा टोल समिती पनि गठन गरिएको छ ।

टोल समितिको सभापतीमा लक्ष्मण चौधरी निर्बिरोध चयन भएका छन । उपसभापतीहरुमा इन्द्रप्रसाद चौधरी र इन्द्रा रावत चौधरी, सचिबमा सुर्यबहादुर चौधरी र रामकिसन चौधरी, सहसचिबमा करुणा चौधरी र कोषाध्यक्षमा टेकबहादुर चौधरी चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा रेश्मा चौधरी, नैनावती चौधरी, शेर बहादुर चौधरी, मेघनाथ चौधरी, भगत नारायण चौधरी, टिकाराम चौधरी (बिक्रम), दल प्रसाद चौधरी र शंकर चौधरी रहेका छन ।

संगठन बिभाग संयोजक सुरेन्द्र भुसालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा राप्ती गाउँपालिका तरुणदल अध्यक्ष आशिष पौडेल, क्षेत्र नम्बर १ प्रदेश ‘क’ का निबर्तमान सभापती ताराबहादुर डिसी, पुर्ब महासमिति सदस्य दोर्ण भुसाल, राप्ती गाउँपालिका सभापती बिद्याशरण चौधरी लगायतका बक्ताले बोलेका थिए । कार्यक्रमको सञ्चालन पुर्ब इकाई सचिब अनिल पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे