भालुवाङमा एमसीसी विरुद्ध माओवादीको भातृसंगठनद्धारा मसाल जुलुस प्रदर्शन



भालुवाङमा एमसीसी विरुद्ध माओवादीको भातृसंगठनद्धारा मसाल जुलुस प्रदर्शन

भालुवाङ ४ फागुन । देउखुरीको भालुवाङमा बुधवार बेलुका मसाल जुलुस निकालिएको छ । वाइसियल नेपाल र अखिल क्रान्तिकारी राप्ती गाउँपालिकाको आयोजनामा भालुबाङ पुल्चोकमा राष्ट्रघाती एमसीसीको विरुद्धमा मसाल जुलुस प्रदर्शन गरिएको हो ।

मसाल जुलुस प्रदर्शन गर्दै उनीहरुले एमसीसी मुर्दावाद, दलालहरु होसियार, देश बेच्न पाइदैन लगायतका नारा लगाउदै प्रदर्शन गरेका हुन् । प्रहरीको अवरोधका बाबजुद प्रदर्शन सम्पन्न भएको थियो । प्रदर्शन पछि आयोजित कोणसभालाई वाइसियल नेपालका केन्द्रिय सदस्य प्रबिण ओलीले सम्बोधन गरेका थिए ।

सभालाई सम्बोधन गर्दै ओलीले कुनै पनि हालतमा एमसीसी पारित गर्न नदिने चेतावनी दिएका छन् । यदि एमसीसी पारित गर्न खोजे केन्द्रको निर्देशन बमोजिम आन्दोलनको आँधीबेरी सिर्जना गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे