सहायक प्रअ पोख्रेलकाे निधन प्रति माओवादी केन्द्र राप्तीद्धारा श्रद्धाञ्जली सभा



सहायक प्रअ पोख्रेलकाे निधन प्रति माओवादी केन्द्र राप्तीद्धारा श्रद्धाञ्जली सभा

भालुवाङ ४ फागुन । नेकपा माओवादी केन्द्रले बुधवार श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ३ निवासी पार्टी सदस्य तथा एकिकृत अखिल नेपाल शिक्षक संगठनका कार्यसमिति सदस्य एवम् सर्बोदय मावि सिसहनियाँका सहायक प्रअ रेशमराज पोख्रेलको दुखद निधन भएको सातौं दिनका दिन उनकै निवासमा पुगि श्रद्धाञ्जली तथा समवेदना प्रकट गरिएको छ ।

कार्यक्रममा पार्टीका राप्ती गाउँपालिका कमिटी अध्यक्ष श्यामेस चौधरी, सचिव तुला गिरी, जिल्ला सल्लाहकार सदस्य चित्रबहादुर थापा, पार्टीका पुर्व गाउँपालिका अध्यक्ष तथा सल्लाहकार धर्मराज अधिकारी, २ नम्बर वडा इन्चार्ज तिलक अधिकारी, वडा नम्बर ४ का सचिव रोशन चौधरी, शिक्षक संगठनका गाउँपालिका अध्यक्ष कृष्णबहादुर बुढा, नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका वरिष्ठ उपाध्यक्ष झग्गुप्रसाद अधिकारी, अखिल क्रान्तिकारीका गाउँपालिका अध्यक्ष भुवन केसी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे