प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा राष्ट्रका नाममा सम्बोधन (पूर्ण पाठ सहित)



प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा राष्ट्रका नाममा सम्बोधन (पूर्ण पाठ सहित)

काठमाण्डाै ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ । सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उहाँले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो ।

सम्बाेधन गर्दै उहाँले सबै नागरिकमा कोरोनाविरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने अभियान निरन्तर रहेको र नागरिकको स्वास्थ्य सुरक्षामा सरकार गम्भीर रहेको बताउनुभयो । खोप अभियानका लागि तीन तहका सरकार संघ, प्रदेश र पालिकासहित मातहतका निकायले आवश्यक समन्वय गरिरहेको उहाँको भनाइ छ ।

यस्तै उहाँले कोभिड–१९ महामारी नियन्त्रणमा कुनै पनि साधन तथा श्रोतको अभाव हुन नदिन सबैखाले संयन्त्रलाई चुस्त दुरुस्त बनाइएको दाबी गर्नुभयो । उहाँले विपदमा परेका नागरिकको उद्धार सरकारको उच्च प्राथमिकतामा रहेको र पीडितलाई राहत र क्षतिपूर्ति प्रदान गरिएको समेत बताउनुभयो ।

गएको कात्तिकमा बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने काम अघि बढेको उहाँको भनाइ छ । साथै प्रधानमन्त्री देउवाले किसानलाई मल/बीउको कमी हुन नदिन सरकारले हरसम्भव प्रयत्न गरिरहेको दाबी समेत गर्नुभयो ।

सम्बोधनको पूर्ण पाठ :

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे