मिलीजुली सहकारीकाे अध्यक्षमा गंगा केसी चयन



मिलीजुली सहकारीकाे अध्यक्षमा गंगा केसी चयन


लमही ३ माघ । देउखुरीको लमही नगरपालिका ५ हाइवेराेडमा रहेकाे मिलीजुली बहुउद्देश्यीय सहकारी संस्थाकाे अध्यक्षमा गंगा केसी सर्बसहमती चयन भएकी छिन् ।

आइतबार सम्पन्न संस्थाकाे १६ आै अधिबेशनकाे बन्द सत्रले ४ बर्षिय कार्यकालका लागि केसीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे । जसकाे उपाध्यक्षमा दिवाकर पण्डित, सचिवमा दिपककुमार थापा रहेका छन् । यस्तै सदस्यहरूमा सुसिला पण्डित, गाेबिन्द बहादुर केसी, पिताम्बर गैरे सहित अन्य दुई जना पछि थप गर्ने गरि नेतृत्व चयन गरिएको हाे ।

नवनिर्वाचित अध्यक्ष यस अघि उपाध्यक्ष थिईन् र साे भन्दा पहिला सिसहनियाँ बचत केन्द्रकाे इन्चार्ज समेत भैइसकेकी दखल ब्याक्तित्व हुन् । साथै नयाँ नेतृत्व अध्यक्ष सहित सबैले पदभार ग्रहण समेत गरिसकेका छन् ।

निर्बाचन मण्डलका संयाेजक प्रेमबहादुर केसीले अध्यक्ष केसी लाई सपथ खुवाएका थिए भने अध्यक्ष केसीले अन्य पदाधिकारीहरु लाई सपथ खुवाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे