चितवन र कैलालीमा पनि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघ्याे



चितवन र कैलालीमा पनि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघ्याे

काठमाण्डाै २ माघ । चितवन र कैलालीमा पनि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै पुगेको छ । योसँगै पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका जिल्ला आठ पुगेको छ । काठमाण्डौ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी र कास्कीमा पहिलेदेखि नै सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै छ । सबैभन्दा धेरै काठमाण्डौमा नौ हजार ६१ जना सक्रिय सङ्क्रमित छन् ।

देशभर २१ हजार ५ सय ८४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । सबै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले स्वास्थ्य मापदण्डको पालना गर्न र खोप नलगाएको भए लगाउन मन्त्रालयको अनुरोध छ ।

नेपालमा अहिलेसम्म २ करोड ७९ लाख ११ हजारभन्दा धेरैले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।  यसमध्ये १ करोड ५८ लाख १४ हजार ३ सय ८३ जनाले खोपको पहिलो मात्रा र १ करोड २० लाख ९६ हजार ८ सय ५ जनाले दुवै डोज खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे